बागमती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी उपरीक्षक पुष्कर बोगटीका अनुसार हेटौँडा बजारबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प २२१ नम्बरको मोटरसाइकललाई नेवारपानीबाट हेटौँडातर्फ आउँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिएको थियो।
दुर्घटनामा मोटरसाइकल चालक राक्सिराङ गाउँपालिका–१ का २२ वर्षीय सन्जित स्याङतान र पछाडि सवार १८ वर्षीय अमोश थिङको मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक तथा चालकको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ।