Type Here to Get Search Results !

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि

 

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ। मङ्गलबारको तुलनामा सुनको मूल्य यथावत् रहँदा चाँदी प्रतितोला रु १३० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु ३ लाख १४ हजार ८०० कायम रहेको छ। त्यस्तै, एक तोला चाँदीको मूल्य रु ५ हजार ७१५ निर्धारण गरिएको छ।

tttttttg


यसअघि मङ्गलबार पनि सुनको मूल्य यही स्तरमा रहेको थियो भने चाँदी रु ५ हजार ५८५ मा कारोबार भएको थियो। सोमबार सुन प्रतितोला रु ३ लाख १३ हजार ५०० र चाँदी रु ५ हजार ५९५ मा किनबेच भएको थियो।

अन्तरराष्ट्रिय बजारमा भने आज एक औँस सुन करिब ५ हजार १८० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ८९ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.