जीतपुर : प्रसौनी उद्योग वाणिज्य संघ को सिमरामा सम्पन्न दोस्रो अधिवेशनले तुलसी साह लाई पुनः अध्यक्षमा सर्वसम्मत रूपमा निर्वाचित गरेको छ। यससँगै उनले दोस्रो कार्यकालका लागि नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्षमा अमरकान्त झा, महासचिवमा राजेश कुश्वाहा, कोषाध्यक्षमा अमित टिवडेवाल तथा सचिवमा सौरभ गुप्ता चयन भएका छन्।
यसैगरी सदस्यहरूमा सुरेश कुमार गुप्ता, मनोज कलवार, पिंकि टिवडिवाल, अनुपमा गुप्ता, पुष्पा देवी, कन्हैया लाल साह, रामप्रवेश प्रसाद कुर्मी र केदार गौतम निर्वाचित भएका छन्।
कार्यक्रम सिमरा मा संघका संस्थापक संरक्षक भोला प्रसाद गुप्ता को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। विशिष्ट अतिथिका रूपमा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ का अध्यक्ष मोहन शर्मा लामिछाने सहभागी भएका थिए। साथै श्रम तथा प्रशासन क्षेत्रका नवलकिशोर यादव को पनि उपस्थिति रहेको थियो।
अधिवेशनमा स्थानीय उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। कार्यक्रम सञ्चालन तत्कालीन महासचिव केदार गौतमले गरेका थिए।
अध्यक्षमा पुनः निर्वाचित भएपछि साहले व्यवसायीहरूको हकहित संरक्षण, स्थानीय व्यापार प्रवर्द्धन, सीप तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन तथा उद्योगमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।