Type Here to Get Search Results !

कोल्हवीमा ५६ लाखको विद्यालय भवन उद्घाटन, विद्यार्थीलाई कक्षा अभावबाट राहत

जितपुर बारा : कोल्हवी नगरपालिका वडा नं. १० बरेवामा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय बरेवा को चारकोठे नवनिर्मित भवनको औपचारिक उद्घाटन गरिएको छ।

कोल्हवीमा ५६ लाखको विद्यालय भवन उद्घाटन, विद्यार्थीलाई कक्षा अभावबाट राहत

नगर प्रमुख रामप्रसाद चौधरी ले शुक्रबार एक कार्यक्रमका बीच भवन उद्घाटन गर्दै शैक्षिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताए।

५६ लाख रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवन सञ्चालनमा आएसँगै विद्यालयका विद्यार्थीहरूले लामो समयदेखि भोग्दै आएको कक्षा कोठा अभावको समस्या समाधान भएको जनाइएको छ।

नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै पूर्वाधार विस्तारलाई तीव्रता दिएको छ। यसै क्रममा केही दिनभित्रै अन्य विद्यालय भवनहरूको पनि उद्घाटन गरिने जनाइएको छ।

गत वर्ष श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय श्रीपुर, श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय धोधर्पा कट्टी तथा बरेवास्थित विद्यालयमा चार–चार कोठे भवन निर्माण सम्पन्न गरिएको थियो। तीमध्ये बरेवाको भवन उद्घाटन भइसकेको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीचन्द चौधरी, प्रधानाध्यापक बिगु राम, समाजसेवीहरू रामबाबु चौधरी, सोबिन्द्र चौधरी, रामचन्द्र चौधरी, उमा चौधरी लगायत विद्यालय व्यवस्थापन समिति र प्रशासनका सदस्यहरूको उपस्थिति रहेको थियो।

नवनिर्मित भवनले विद्यालयको शैक्षिक वातावरण सुधार गर्दै विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.