जितपुर बारा : कोल्हवी नगरपालिका को आयोजना तथा युनिसेफ को सहयोगमा विपद् व्यवस्थापनसम्बन्धी एक महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ।
यहाँस्थित पशुसेवा केन्द्रको सभाहलमा आयोजित कार्यशालामा विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधिबारे सहभागीहरूलाई विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा विपद् व्यवस्थापनका काम, कर्तव्य र जिम्मेवारीका साथै विभिन्न प्रकारका पीडितहरूले पाउन सक्ने राहत रकम र प्रक्रिया सम्बन्धी जानकारी दिइएको थियो। प्रशिक्षण सत्रमा रमेश सर ले सहजीकरण गरेका थिए।
कार्यक्रम लक्ष्मी कुमारी चौधरी को सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, सुरक्षा निकाय तथा विभिन्न शाखाका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
उपस्थित व्यक्तिहरूमध्ये राजहरण चौधरी, गोपालप्रसाद अधिकारी, बिष्णु प्रसाद मैनाली, अनूप सुबेदी, दलबहादुर चौधरी लगायतका जनप्रतिनिधि तथा इलाका प्रहरी कार्यालय कोल्हवी का प्रमुख रंजन मिश्र को पनि उपस्थिति रहेको थियो।
कार्यक्रममा लेखा प्रमुख सुरेन्द्र चौधरी, सहायक लेखा प्रमुख जोशी साह, स्वास्थ्य शाखाका प्रतिनिधि विश्वनाथ चौधरी लगायत विभिन्न क्षेत्रका सहभागीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन लोकनाथ ओली ले गर्नुभएको थियो।
यस कार्यशालाले विपद् व्यवस्थापनसम्बन्धी जानकारीलाई व्यवहारमा लागू गर्न सहयोग पुग्ने र स्थानीय तहको तयारीलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
