Type Here to Get Search Results !

निर्वाचनलाई स्वच्छ बनाउन आयोग–TikTok सम्झौता, भ्रामक सूचना रोक्न विशेष पहल

काठमाडौँ — आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोग ले TikTok सँग महत्वपूर्ण समझदारी गरेको छ।

निर्वाचनलाई स्वच्छ बनाउन आयोग–TikTok सम्झौता, भ्रामक सूचना रोक्न विशेष पहल

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले प्रविधिको दुरुपयोग रोक्न योजनाबद्ध रूपमा काम भइरहेको बताउँदै यस सम्झौताले निर्वाचनको वातावरण स्वच्छ राख्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँका अनुसार सामाजिक सञ्जालमार्फत फैलिन सक्ने मिथ्या सूचना, आचारसंहिता उल्लङ्घन तथा भ्रामक सामग्री नियन्त्रणमा यो सहकार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ। “निर्वाचनलाई असर पार्ने गतिविधि नियन्त्रण गर्न यो ऐतिहासिक कदम हो,” उहाँले उल्लेख गर्नुभयो।

TikTok ले निःशुल्क रूपमा निर्वाचन अवधिभर गलत सूचना नियन्त्रण तथा सचेतना अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यसले सर्वसाधारणलाई सही, भरपर्दो र समयमै सूचना उपलब्ध गराउन मद्दत पुग्ने आयोगको विश्वास छ।

समझदारीपत्र आदानप्रदान कार्यक्रममा आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र TikTok का सामाजिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्दोस अल मत्ताकिन सहभागी हुनुहुन्थ्यो।

यस सहकार्यमार्फत निर्वाचनको स्वच्छता प्रवर्द्धन, आयोगको क्षमता अभिवृद्धि तथा डिजिटल प्लेटफर्ममा फैलिने भ्रामक सूचनाको नियन्त्रणमा थप मजबुती आउने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.