Type Here to Get Search Results !

निर्वाचनका कारण तीन दिन रेल सेवा बन्द हुने

 

धनुषा । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जनकपुर–जयनगर खण्डमा सञ्चालन भइरहेको रेल सेवा तीन दिनका लागि पूर्ण रूपमा बन्द गर्ने जनाएको छ।

जनकपुरधामस्थित कम्पनीको केन्द्रीय कार्यालयले जारी गरेको सूचनाअनुसार फागुन २१ गते हुने निर्वाचनको शान्तिसुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै फागुन १९ गते मङ्गलबारदेखि फागुन २१ गते बिहीबारसम्म भङ्गाहा–जनकपुर–जयनगर खण्डमा रेल सेवा सञ्चालन नहुने जानकारी दिइएको हो।

bara


यस अवधिमा यात्रुलाई पर्न जाने असुविधाप्रति कम्पनीले क्षमायाचना गरेको छ। साथै यात्रुहरूलाई वैकल्पिक यातायातको व्यवस्था गर्न अनुरोध गरिएको छ।

कम्पनीका अनुसार फागुन २२ गते शुक्रबारदेखि भने नियमित रूपमा रेल सेवा पुनः सञ्चालनमा आउनेछ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.