Type Here to Get Search Results !

जीतपुरसिमरामा रहस्यमय शव फेला: अनुसन्धान सुरु

जितपुर बारा : जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित कृषि अनुसन्धान कार्यालय नजिकै एक अज्ञात पुरुषको शव फेला परेको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चिएको छ।

जीतपुरसिमरामा रहस्यमय शव फेला: अनुसन्धान सुरु

कार्यालय पछाडिको खोल्सी नजिक आज बिहान शव भेटिएको प्रहरीले जनाएको छ। शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए, त्यसपछि घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाउने तयारी भइरहेको छ। हालसम्म मृतकको पहिचान खुल्न सकेको छैन।

प्रहरीले घटनाको प्रकृति पत्ता लगाउन अनुसन्धान अगाडि बढाएको बताउँदै थप विवरण चाँडै सार्वजनिक गरिने जनाएको छ।

स्थानीय बासिन्दामा त्रास र जिज्ञासा बढेको छ भने प्रहरीले सबैलाई अफवाहमा नलागी सत्यतथ्य पर्खन आग्रह गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.