Type Here to Get Search Results !

निजगढ महोत्सवमा सेवा भाव: महिला समितिबाट ३२ ब्ल्याङ्केट सहयोग

निजगढ, बारा : धार्मिक आस्था र सामाजिक सेवाको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै श्रीकृष्ण प्रणामी बाइजुराज महिला समिति बाराले निजगढमा हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सवका लागि सहयोग हस्तान्तरण गरेको छ।

निजगढ महोत्सवमा सेवा भाव: महिला समितिबाट ३२ ब्ल्याङ्केट सहयोग

माघ २१ देखि २७ गतेसम्म सञ्चालन हुने महामहोत्सव–२०८२ अन्तर्गत १०८ पाठ पारायण कार्यक्रमलाई लक्षित गर्दै विभिन्न मन्दिर इकाइ समितिहरूले कुल ३२ थान ब्ल्याङ्केट प्रदान गरेका हुन्।

शनिबार आयोजित एक कार्यक्रममा उक्त सामग्री मूल समारोह समितिलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। समितिकी जिल्ला अध्यक्ष मन्दिरा उप्रेती का अनुसार सिङ्डोल इकाइबाट १२ थान, सिमरा इकाइबाट १० थान, मधुवनबाट ५ थान र पिलुवाबाट ५ थान ब्ल्याङ्केट सहयोग गरिएको हो।

महामहोत्सवमा १०८ पाठ पारायण, श्रीमद्भागवत कथा, धार्मिक प्रवचन तथा मन्दिर कलश अनावरणजस्ता विविध धार्मिक कार्यक्रमहरू आयोजना गरिनेछन्।

आयोजक समितिका अनुसार यस महोत्सवले धार्मिक आस्था मात्र नभई सामाजिक सद्भाव, नैतिकता र आध्यात्मिक चेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सावित्री बराल तिमल्सीना, इन्दीरा बराल लगायतको उपस्थिति रहेको थियो।

यस प्रकारका सहयोगात्मक गतिविधिले धार्मिक कार्यक्रमलाई सफल बनाउनुका साथै समाजमा सेवा र सहकार्यको भावना अझ सुदृढ बनाउने विश्वास गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.