Type Here to Get Search Results !

निजगढ नगरपालिकामा शहीद दिवसको अवसरमा माल्यार्पण र श्रद्धाञ्जली सभा

 निजगढ, बारा :  शहीद दिवसको अवसरमा निजगढमा वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै माल्यार्पण कार्यक्रम सम्पन्न भएको छ। लोकतन्त्र, स्वतन्त्रता र सामाजिक परिवर्तनका लागि आफ्नो जीवन अर्पण गरेका शहीदहरूको योगदान स्मरण गर्दै कार्यक्रम आयोजना गरिएको हो।

निजगढ नगरपालिकामा शहीद दिवसको अवसरमा माल्यार्पण र श्रद्धाञ्जली सभा

कार्यक्रममा शहीदहरूको तस्बिर राखिएको ब्यानरमा सहभागीहरूले माल्यार्पण गर्नुका साथै एक मिनेट मौनधारण गरेका थिए।

निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्ग ले शहीदहरूको बलिदानकै कारण देशले लोकतान्त्रिक उपलब्धि हासिल गर्न सकेको उल्लेख गर्दै ती आदर्श र मूल्यलाई व्यवहारमा उतार्न सबै पक्ष प्रतिबद्ध हुनुपर्नेमा जोड दिएका छन्।

उनीहरूले शहीद दिवसलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी सुशासन, सामाजिक न्याय र समावेशी विकासको प्रेरणाको दिनका रूपमा मनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा नगरपालिकाका कार्यपालिका सदस्य, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, स्थानीय जनप्रतिनिधि तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता नगर प्रमुख पुरीले गरेका थिए भने उपप्रमुख थिङ्गले स्वागत मन्तव्य राख्दै सहभागी

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.