Type Here to Get Search Results !

कलैयामा पार्टी प्यालेसमा युवक मृत फेला: लागुऔषध ओभरडोज आशंका

कलैया, बारा — कलैया उपमहानगरपालिका–५ दरबार टोलस्थित हिमानी पार्टी प्यालेसमा एक युवक मृत अवस्थामा फेला परेका छन्, घटनाले क्षेत्रभर सनसनी फैलाएको छ।

कलैयामा पार्टी प्यालेसमा युवक मृत फेला: लागुऔषध ओभरडोज आशंका

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार शैलेन्द्र ठाकुर (३५) उक्त पार्टी प्यालेसको कोठा नम्बर–६ भित्र बेडमुनि अचेत अवस्थामा भेटिएका थिए। उनी वीरगञ्जस्थित नबिल बैंक को शाखामा मार्केटरका रूपमा कार्यरत थिए।

घटनास्थलमा पुगेको प्रहरी टोलीले जाँच गर्दा उनको मृत्यु भइसकेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर ले जानकारी दिएका छन्। मृतक सप्तरीका स्थायी बासिन्दा भए पनि हाल वीरगञ्ज महानगरपालिका–३ प्रगति नगरमा बस्दै आएका थिए।

प्रहरीका अनुसार सोही कोठामा जिल्ला प्रशासन कार्यालय बारामा कार्यरत कार्यालय सहयोगी राजेशराज उपाध्याय पनि उपस्थित थिए। प्रारम्भिक अनुसन्धानमा दुवै जनाले राति कोठाभित्र नाकमार्फत ‘खैरो पदार्थ’ सेवन गरेको खुलेको छ। त्यसको ओभरडोजका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरिसकेको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको छ।

यस घटनाले लागुऔषध दुव्र्यसनको बढ्दो जोखिम र त्यसले निम्त्याउने गम्भीर परिणामबारे पुनः चिन्ता बढाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.