Type Here to Get Search Results !

डिजेल–मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धन सस्तो: आज मध्यरातदेखि नयाँ दर लागू

 काठमाडौँ :नेपाल आयल निगम ले डिजेल तथा मट्टितेलको मूल्य बढाएको छ भने हवाई इन्धनको मूल्य घटाएको छ। नयाँ मूल्य आज मध्यरातदेखि लागू हुने निगमले जनाएको छ।

डिजेल–मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धन सस्तो: आज मध्यरातदेखि नयाँ दर लागू

निगम सञ्चालक समितिको निर्णयअनुसार डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि गरिएको छ। मूल्य समायोजनपछि:

  • पहिलो वर्गका लागि: प्रतिलिटर रु. १३६.५०
  • दोस्रो वर्गका लागि: प्रतिलिटर रु. १३८
  • तेस्रो वर्गका लागि: प्रतिलिटर रु. १३९ कायम गरिएको छ।

निगमले देशभरका डिपोलाई तीन वर्गमा विभाजन गरेको छ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्गमा परेका छन् भने सुर्खेत र दाङ दोस्रो वर्गमा छन्। काठमाडौँ, पोखरा र दिपायल डिपो तेस्रो वर्गमा राखिएका छन्। डिपोबाट १५ किलोमिटरसम्मका लागि यही खुद्रा मूल्य लागू हुनेछ।

यता हवाई इन्धनको मूल्य भने घटाइएको छ। आन्तरिक उडानतर्फ प्रतिलिटर १ रुपैयाँ घटाएर १२७ रुपैयाँ कायम गरिएको छ भने अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँमा प्रतिकिलोलिटर ७ अमेरिकी डलर घटाइएको छ। यससँगै अन्तरराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ९६६ अमेरिकी डलर पुगेको छ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशन बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार डिजेल/मट्टितेल, पेट्रोल र एलपी ग्यासको लागत बढेको छ भने हवाई इन्धनको लागत घटेकाले सोही आधारमा मूल्य समायोजन गरिएको हो।

यस मूल्य समायोजनले बजारमा यातायात खर्च र उपभोग्य वस्तुको मूल्यमा समेत प्रभाव पार्ने अनुमान गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.