Type Here to Get Search Results !

निजगढमा श्रीकृष्ण प्रणामी महामहोत्सव–२०८२: १०८ पाठपारायणसहित भव्य धार्मिक कार्यक्रम हुने

निजगढ, बारा :— श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ लाई लक्षित गर्दै निजगढमा पत्रकार सम्मेलन आयोजना गरी धार्मिक कार्यक्रमहरूको विस्तृत जानकारी सार्वजनिक गरिएको छ।

निजगढमा श्रीकृष्ण प्रणामी महामहोत्सव–२०८२: १०८ पाठपारायणसहित भव्य धार्मिक कार्यक्रम हुने

उमेश घलनका अनुसार श्रीमद्भागवत सागर १०८ पाठपारायण तथा मन्दिर कलश अनावरण कार्यक्रमलाई केन्द्रमा राख्दै फागुन २१ देखि २७ गतेसम्म सातदिने भव्य महामहोत्सव आयोजना गरिनेछ।

मूल समारोह समितिका संयोजक जनार्दन शास्त्री का अनुसार महोत्सवअन्तर्गत १०८ पटक श्रीमद्भागवत सागर पाठ, धार्मिक प्रवचन तथा मन्दिर कलश अनावरण कार्यक्रम सञ्चालन गरिनेछ। उनले यस महोत्सवले धार्मिक आस्था मात्र नभई समाजमा सद्भाव, नैतिकता र आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे।

आयोजकका अनुसार देशभरबाट हजारौँ भक्तजनको सहभागिता रहने अपेक्षा गरिएको छ। महोत्सव सफल बनाउन स्थानीयवासी, धार्मिक संघसंस्था तथा सम्पूर्ण श्रद्धालुहरूलाई सक्रिय सहभागिताका लागि आग्रह गरिएको छ।

श्रीकृष्ण प्रणामी १०८ कलश समारोह समिति को आयोजनामा हुने यस महोत्सवलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न तयारी तीव्र पारिएको जनाइएको छ।

पत्रकार सम्मेलनमा वाणीमर्मज्ञ उषा घिमिरे, मूल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिना लगायत धर्मगुरु, स्थानीय पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

यस महोत्सवले निजगढलाई धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा थप परिचित गराउने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.