निजगढ, बारा : दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको उपाधिका लागि वडा नं. ७ र वडा नं. १३ बीच प्रतिस्पर्धा हुने भएको छ। बिहीबार सम्पन्न दुई रोमाञ्चक सेमिफाइनल खेलपछि दुवै टोली फाइनलमा प्रवेश गरेका हुन्।
त्यसैगरी दोस्रो सेमिफाइनलमा वडा नं. १३ ले वडा नं. १० लाई सडनडेथमा पराजित गर्दै फाइनलको यात्रा तय गर्यो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो, जहाँ वडा नं. १३ ले ६–५ गोल अन्तरले रोमाञ्चक जित हात पार्यो। सो खेलका ‘म्यान अफ दि म्याच’ वडा नं. १३ का अनिश गोङ्गवा घोषित भए। उनलाई पनि कमला रेग्मीलगायतले सम्मानस्वरूप ट्रफी प्रदान गरेका थिए।
प्रतियोगिताका दुवै खेलमा मुख्य रेफ्रीका रूपमा लिलाम्बर चौधरी र रियाजुल स्लाम रहेका थिए भने सहायक रेफ्री राजु चौधरी र फोर्थ अफिसियल नीलकमल चौधरी रहेका थिए।
आयोजकका अनुसार शनिबार (चैत १६ गते) हुने फाइनल खेलअघि दिउँसो २ बजे महिला टोलीबीच मैत्रीपूर्ण खेल आयोजना गरिनेछ। फाइनल खेल दिउँसो ३ बजे निजगढ–९ स्थित शहीद हिरालाल रंगशालामा हुने तय भएको छ।
प्रतियोगिताले स्थानीय स्तरमा युवा खेलाडीहरूको प्रतिभा उजागर गर्नुका साथै फुटबलप्रति आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।