Type Here to Get Search Results !

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ, १२ लाखको अवैध सामान बरामद

पर्सा — वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत सोमबार वीरगञ्ज को आदर्शनगरस्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरी बल नेपाल माथि स्थानीय व्यापारी समूहले आक्रमण गरेका थिए। उक्त आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने दुई वटा सवारीसाधनमा क्षति पुगेको थियो।

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने ६ जना पक्राउ, १२ लाखको अवैध सामान बरामद

जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेत का अनुसार घटनामा संलग्न ६ जनालाई पक्राउ गरी ज्यान मार्ने उद्योग तथा आपराधिक उपद्रोसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरूमा प्रमोदकुमार कानु, कुञ्जन सर्राफ, दिपराज सहनी मलाह, श्रीचन्द्रप्रसाद साह तथा भारतको विहार राज्य घर भएका प्रभु महतोपृतमकुमार चौधरी रहेका छन्।

घटनाका क्रममा वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरीको संयुक्त टोलीले भन्सार छली गरी ल्याइएको आशङ्कामा गोदाममा राखिएको कपडा बरामद गर्ने प्रयास गरेको थियो। सोही क्रममा झडप भएको बताइएको छ।

सशस्त्र प्रहरीले उक्त गोदामबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको जनाएको छ।

यस घटनाले सीमावर्ती क्षेत्रमा भन्सार छली र अवैध कारोबार नियन्त्रणका लागि सुरक्षा निकायको सक्रियता अझ कडा बनाइएको संकेत दिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.