Type Here to Get Search Results !

२४औं स्थापना दिवसमा जनकल्याण सहकारीको स्वास्थ्य शिविर, ३१० जनाले पाए निःशुल्क सेवा

जीतपुर :  जनकल्याण बहुउदेश्यीय सहकारी संस्था ले आफ्नो २४औं स्थापना दिवसलाई अर्थपूर्ण बनाउँदै एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।

२४औं स्थापना दिवसमा जनकल्याण सहकारीको स्वास्थ्य शिविर, ३१० जनाले पाए निःशुल्क सेवा

जीतपुर मा सम्पन्न उक्त शिविरमा नगरवासी, सहकारीका शेयर सदस्य तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।

संस्थाका अध्यक्ष गोपाल सिंह कडेल को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा एल एस न्युरो जेनेरल हस्पिटल की डाइरेक्टर सावित्रा भण्डारी उपस्थित हुनुहुन्थ्यो।

विशिष्ट अतिथिमा राष्ट्रिय सहकारी बैंक का शाखा प्रमुख बिलबर राजबंशी, पत्रकार रञ्जन यादवमनोज कुमार साह लगायतको उपस्थिति रहेको थियो।

शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा मधुमेह जाँच, स्वास्थ्य परामर्श, दाँत तथा आँखा परीक्षण जस्ता सेवाहरू प्रदान गरिएको थियो। दक्ष स्वास्थ्यकर्मीहरूको टोलीले सेवा दिएकाले सहभागीहरू निकै लाभान्वित भएका थिए।

संस्थाका प्रबन्धक सन्तोष प्रसाद यादब का अनुसार उक्त शिविरबाट कुल ३१० जना सदस्य तथा सेवाग्राहीहरूले प्रत्यक्ष रूपमा लाभ लिएका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले स्थापना दिवसको अवसरमा यस्ता सामाजिक कार्यक्रम आयोजना गर्नु सहकारीको सकारात्मक पहल भएको उल्लेख गर्दै भविष्यमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो।

संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साह ले स्वागत मन्तव्य राख्दै स्थापना कालदेखि नै सदस्य तथा समुदायको हितलाई प्राथमिकतामा राखेर संस्था अघि बढिरहेको जानकारी दिनुभयो।

कार्यक्रममा सचिव कपिलदेव प्रसाद यादब, कोषाध्यक्ष किरणप्रकाश गिरी, सदस्यहरू विद्या महर्जन, मुनि कुमारी न्यौपाने तथा लेखा सुपरिवेक्षण समिति संयोजक श्याम कृष्ण सुबेदी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन सह–प्रबन्धक आत्माराम अधिकारी ले गर्नुभएको थियो।

यस प्रकारका कार्यक्रमहरूले सहकारी संस्थाको सामाजिक उत्तरदायित्वलाई सशक्त बनाउँदै समुदायसँगको सम्बन्ध अझ मजबुत बनाउने विश्वास गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.