Type Here to Get Search Results !

सिमरामा भव्य धार्मिक महोत्सव हुने , मंसिर ४–१० सम्म सप्ताहव्यापी कार्यक्रम आयोजना

 सिमरा : धार्मिक आस्था र सांस्कृतिक परम्परालाई थप सशक्त बनाउने उद्देश्यले श्रीकृष्ण प्रणामी मन्दिर औराहा मा भव्य धार्मिक महोत्सव आयोजना गरिने भएको छ।

सिमरामा भव्य धार्मिक महोत्सव हुने , मंसिर ४–१० सम्म सप्ताहव्यापी कार्यक्रम आयोजना

मन्दिरमा “श्री कृष्ण प्रणामी धर्म महामहोत्सव २०८३”, “श्री १२५ तारतम सागर ब्रह्मवाणी पाठ पारायण” तथा “श्रीमद्भागवत कथा ज्ञान महायज्ञ” आयोजना गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ।

नवनिर्मित मन्दिरको कलश अनावरण तथा समुद्घाटन कार्यक्रमसँगै आगामी २०८३ साल मंसिर ४ गतेदेखि १० गतेसम्म सप्ताहव्यापी रूपमा कार्यक्रम सञ्चालन गरिनेछ।

महोत्सवलाई भव्य र सफल बनाउन जनार्दन महाराज को संयोजकत्वमा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ।

मन्दिर परिसरमा सम्पन्न बैठकमा मन्दिरका संरक्षक साहित्याचार्य जनार्दन घिमिरे, विदुषी उषा माताजी, श्री कृष्ण प्रणामी सेवा समिति नेपाल का केन्द्रीय उपाध्यक्ष रामाज्ञा प्रसाद साह, श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल का केन्द्रीय अध्यक्ष कौशल फुयाल लगायतको उपस्थिति रहेको थियो।

यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका का नगर प्रमुख राजन पौडेल, वडा नम्बर ४ का अध्यक्ष भोजबहादुर खत्री सहित समाजसेवी, बुद्धिजीवी र भक्तजनहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आयोजकका अनुसार यस महोत्सवले धार्मिक चेतना अभिवृद्धि गर्नुका साथै समुदायमा एकता र सद्भाव बढाउने महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.