Type Here to Get Search Results !

बालेन साहको बारा रोड शो: हजारौँ युवाको सहभागिता, ‘घण्टी’ बजाउँदै परिवर्तनको सन्देश

जितपुर बारा :  प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह बुधबार बारा पुगेर चुनावी माहोल तताएका छन्।

बालेन साहको बारा रोड

आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै मधेस प्रदेश केन्द्रित प्रचार अभियानमा रहेका साहले निजगढ, कलैया, परवानीपुर, जीतपुर हुँदै सिमरा सम्म रोड शो गर्दै समर्थकहरूसँग भेटघाट गरेका हुन्।

सप्तरीबाट मंगलबार सुरु गरिएको रोड शो अभियानअन्तर्गत साह बुधबार बिहान निजगढ पुगेका थिए। त्यसपछि चपुर, गरुडा हुँदै बाराको विभिन्न स्थान पार गर्दै कलैया र त्यसपछि वीरगञ्ज सम्म पुगेका थिए।

उनको स्वागतका लागि ठाउँ–ठाउँमा हजारौँ युवाहरू, विशेषगरी ‘जेनजी’ पुस्ताका समर्थकहरू भेला भएका थिए। चोक–चोकमा समर्थकहरूले “अबकी बार बालेन सरकार” र “जय घण्टी” जस्ता नारा लगाउँदै उत्साहपूर्ण स्वागत गरेका थिए।

रोड शोका क्रममा बालेनले गाडीबाटै हात हल्लाउँदै तथा ‘घण्टी’ बजाउँदै समर्थकहरूलाई अभिवादन गरेका थिए। अरविन्द साह का अनुसार यो अभियान परिवर्तन र जागरणको सन्देश फैलाउने उद्देश्यले सञ्चालन गरिएको हो।

कार्यक्रममा बोल्दै साहले बारा–३ मा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे। उनले स्थानीय समस्या समाधानका लागि संघीय संसदमा प्रभावकारी भूमिका खेल्ने बताएका छन्।

कलैयामा आयोजित स्वागत कार्यक्रममा पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रास्वपाले ‘घण्टी बजाउने’ अभियानलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गर्दै जनतामाझ नयाँ ऊर्जा ल्याउने प्रयास गरेको देखिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.