Type Here to Get Search Results !

कारागार तोडी फरार कैदी पुन पक्राउ

जितपुर बारा : बारा जिल्ला मा कारागार तोडी फरार भएका एक कैदीलाई प्रहरीले पुनः पक्राउ गर्न सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय बारा मातहत इलाका प्रहरी कार्यालय प्रसौनी को टोलीले प्रसौनी गाउँपालिका–१ निवासी २६ वर्षीय विशाल मुखिया लाई पक्राउ गरेको हो।

कारागार तोडी फरार कैदी पुनः पक्राउ

प्रहरीका अनुसार मकवानपुर जिल्ला अदालतले किर्ते तथा डाका मुद्दामा उनलाई ५ वर्ष ६ महिना कैद सजाय र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो। सोही सजाय भुक्तानका क्रममा उनलाई भिमफेदी कारागार मा राखिएको थियो।

गत भदौ २४ गते जेनजी आन्दोलन का बेला कारागार तोडेर फरार भएका मुखिया लामो समयदेखि प्रहरीको खोजी सूचीमा थिए।

फरार अवस्थामा रहेका उनलाई सोमबार प्रसौनी गाउँपालिका–१ स्थित बिश्वकर्मा मेटल इन्डस्ट्रिज बाट तामाको तार चोरी गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउपछि उनलाई जिल्ला अदालत बारा बाट चोरी मुद्दामा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको छ।

यस घटनाले फरार अभियुक्तमाथि प्रहरीले निरन्तर निगरानी र खोजी अभियान चलाइरहेको स्पष्ट देखाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.