Type Here to Get Search Results !

बारामा तरुण दलको चेतावनी: नियमविपरीत योजना चलाए कारबाहीको माग

जीतपुर, बारा :नेपाल तरुण दल बारा जिल्ला समितिले पूर्वाधार विकास कार्यालय बारामा ज्ञापनपत्र बुझाउँदै विकास योजनाहरू प्रचलित नियम, कानुन र मापदण्डअनुसार मात्र कार्यान्वयन गर्न कडा आग्रह गरेको छ।

बारामा तरुण दलको चेतावनी: नियमविपरीत योजना चलाए कारबाहीको माग

जिल्ला अध्यक्ष दिपेन्द्र पटेल को नेतृत्वमा पुगेको टोलीले आर्थिक वर्ष २०८२/०८३ का योजनाहरू पारदर्शी र विधिसम्मत ढंगले सञ्चालन हुनुपर्ने स्पष्ट पारेको हो।

ज्ञापनपत्रमा सबै योजना सम्बन्धित निकायमार्फत नै सञ्चालन हुनुपर्ने उल्लेख गर्दै योजना खरिद–बिक्रीजस्ता अनियमित गतिविधि रोक्न सबै सरोकारवालालाई सचेत गराइएको छ।

त्यसैगरी, सम्पन्न योजनाहरूको भुक्तानी प्रक्रिया पनि कडाइका साथ गर्नुपर्नेमा जोड दिइएको छ। वास्तविक काम सम्पन्न भएपछि मात्रै बिल, भरपाई तथा आवश्यक कागजातका आधारमा भुक्तानी गर्नुपर्ने माग गरिएको छ।

तरुण दलले प्रचलित नियमको पूर्ण पालना गर्न सम्पूर्ण निकाय तथा सम्बन्धित व्यक्तिहरूलाई आग्रह गर्दै अनियमितता रोक्न निगरानी बढाउनुपर्ने आवश्यकता औंल्याएको छ।

उक्त ज्ञापनपत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय बारा, भौतिक पूर्वाधार विकास मन्त्रालयअर्थ मन्त्रालय जनकपुरधाममा समेत पठाइएको जनाइएको छ।

यस कदमलाई जिल्लामा विकास योजनाको पारदर्शिता र सुशासन सुनिश्चित गर्ने प्रयासका रूपमा हेरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.