कलैया, बारा :— सशस्त्र प्रहरी बल नेपालले आफ्नो व्यावसायिक क्षमता सुदृढ गर्ने लक्ष्यसहित बाराको कलैयामा नवनिर्मित संरचनाहरू सञ्चालनमा ल्याएको छ।
कृष्ण ढकाल (सशस्त्र प्रहरी नायब महानिरीक्षक) ले सशस्त्र प्रहरी बल नेपाल नं. १२ गण हेडक्वाटर, बारामा निर्माण गरिएको ट्रेड हाउस तथा सञ्चार व्यारेकको उद्घाटन गरेका हुन्।
कलैया उपमहानगरपालिका–१६ उत्तरझिटकैयास्थित गण हेडक्वाटर परिसरमा आयोजित कार्यक्रममा उनले रिबन काटेर उक्त संरचनाको औपचारिक उद्घाटन गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै डिआइजी ढकालले आन्तरिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै सशस्त्र प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्न यस्ता पूर्वाधार महत्वपूर्ण हुने बताए।
गणपति खुमबहादुर केसी का अनुसार उक्त ट्रेड हाउस सशस्त्र प्रहरीका कर्मचारीहरूको सीप, कला र श्रमदानबाट निर्माण गरिएको हो। यसमा होजेरी, सैलुन, क्यान्टिन तथा मोची शाखा सञ्चालन गरिनेछ, जसले दैनिक सेवामा सहजता ल्याउने विश्वास गरिएको छ।
उद्घाटन कार्यक्रममा विशाल सिल्वाल, पुरनचन्द्र भट्ट, नवराज थापा लगायत उच्च अधिकारीहरू, जुनियर अधिकृत, समाजसेवी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
यस नयाँ संरचनाले सशस्त्र प्रहरी बलको सेवा प्रवाह, व्यवस्थापन तथा आन्तरिक सुविधा सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
