Type Here to Get Search Results !

रौतहटमा कडाइ: भारतीय नम्बर प्लेटका ४० सवारी नियन्त्रणमा, होलीमा हुलदंग गर्ने ६ जना पक्राउ

 रौतहट — निर्वाचन आचारसंहिता कार्यान्वयनलाई कडाइका साथ लागू गर्दै प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भारतीय नम्बर प्लेट भएका ४० वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

भारतीय नम्बर प्लेटका ४०

जिल्ला प्रहरी कार्यालय रौतहट का प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्याल का अनुसार मोटरसाइकल, स्कर्पियोलगायतका सवारीसाधन आचारसंहिताविपरीत सञ्चालनमा रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो।

यसैबीच, होली पर्वका क्रममा मादक पदार्थ सेवन गरी उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ती व्यक्तिहरूले सार्वजनिक स्थानमा हो–हल्ला गर्नुका साथै शान्ति सुरक्षामा खलल पुर्‍याउने गतिविधि गरेका थिए। हाल उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ।

प्रहरीले निर्वाचनलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन कडाइका साथ निगरानी जारी राखेको जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.