Type Here to Get Search Results !

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ, सुतली बमसहित थप तीन जना नियन्त्रणमा

 पर्सा — निर्वाचनको संवेदनशील समयमा पर्सामा सुरक्षा निकायले ठुलो सफलता हासिल गरेको छ। शङ्कास्पद वस्तुसहित प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पर्सामा शङ्कास्पद वस्तुसहित उम्मेदवार पक्राउ, सुतली बमसहित थप तीन जना नियन्त्रणमा

नेपाल प्रहरीसशस्त्र प्रहरी बल को संयुक्त टोलीले हरपुरबाट बडनिहारतर्फ जाँदै गरेको बा१०च १२५० नम्बरको गाडी जाँच गर्ने क्रममा डिक्कीभित्र पहेँलो टेपले बेरिएको टिनको बक्सामा शङ्कास्पद वस्तु फेला पारेको हो।

पर्साका प्रहरी प्रमुख सुदीपराज पाठक का अनुसार पक्राउ पर्नेमा उम्मेदवार मनोजकुमार चौधरी सहित सहाब आलम अन्सारी, सुरज कार्की र सत्यनारायण थारू रहेका छन्। उनीहरूमाथि हाल विस्तृत अनुसन्धान भइरहेको छ।

यसैबीच, वीरगन्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँमा विशेष सूचनाका आधारमा गरिएको अर्को अपरेसनमा प्रहरीले नौ थान सुतली बम, सुँगुरको टाउको र करिब १० मिटर तारसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेत ले पक्राउ परेका व्यक्तिहरूमाथि विस्फोटक पदार्थसम्बन्धी कसुर, सार्वजनिक शान्तिविरुद्धको कसुर तथा निर्वाचनसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।

यस घटनाले निर्वाचनको समयमा सुरक्षा सतर्कता अझ कडा बनाइएको संकेत दिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.