Type Here to Get Search Results !

सिम्रौनगढमा मतदानकै क्रममा मतदान अधिकृत बेहोस

बारा सिम्रौनगढ मा मतदानकै क्रममा एक मतदान अधिकृत अचानक बेहोस भएपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको छ।

सिम्रौनगढमा मतदानकै क्रममा मतदान अधिकृत बेहोस

बारा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदान केन्द्रमा खटिएका मतदान अधिकृत श्यामप्रसाद साह मतदान भइरहेकै समयमा बेहोस भएर ढलेका हुन्।

४५ वर्षीय साहलाई उच्च रक्तचापका कारण अचानक स्वास्थ्य समस्या देखिएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। मतदान प्रक्रिया चलिरहेकै बेला उनको स्वास्थ्य बिग्रिएपछि तत्काल उपचारका लागि अस्पताल लगिएको जिल्ला निर्वाचन कार्यालय बारा ले जनाएको छ।

घटनापछि पनि आवश्यक व्यवस्थापन गर्दै मतदान प्रक्रिया भने निरन्तर सञ्चालनमा राखिएको जनाइएको छ। निर्वाचनका क्रममा खटिएका कर्मचारीहरूको स्वास्थ्य सुरक्षाप्रति पनि ध्यान दिनुपर्ने आवश्यकता यस घटनाले उजागर गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.