Type Here to Get Search Results !

बारा–४ मा रास्वपाका रहवर अंसारीको शानदार जित, निकट प्रतिस्पर्धी एमालेका किसान श्रेष्ठ पराजित

बारा: बारा निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रहवर अंसारी विजयी भएका छन्।

बारा–४ मा रास्वपाका रहवर अंसारीको शानदार जित, निकट प्रतिस्पर्धी एमालेका किसान श्रेष्ठ पराजित


कलैया केन्द्रित यस निर्वाचन क्षेत्रमा अंसारीले ४१,२०० मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा एमालेका किसान श्रेष्ठलाई उल्लेख्य अन्तरले पराजित गरेका हुन्।


एमालेका उम्मेदवार किसान श्रेष्ठले ११,६३९ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित भए। त्यस्तै नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७,१२३ मत ल्याएका छन्।

अन्य प्रतिस्पर्धीहरूमा जसपा नेपालका सन्जु साहले ७,५९३ मत प्राप्त गर्दा नेपाल कम्युनिष्ट पार्टीका अजय कुशवाहा २,०६७ मतमा सीमित भए।

बारा–४ मा रास्वपाका रहवर अंसारीको शानदार जित, निकट प्रतिस्पर्धी एमालेका किसान श्रेष्ठ पराजित

यो परिणामले बारा–४ मा मतदाताले नयाँ राजनीतिक शक्तिलाई प्राथमिकता दिएको संकेत गरेको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार अंसारीको जित स्पष्ट र प्रभावशाली देखिएको छ, जसले आगामी राजनीतिक समीकरणमा महत्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.