कलैया — धार्मिक तथा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता आज कलैयास्थित राधाकृष्ण प्रणामी मन्दिरमा सफलतापूर्वक सम्पन्न भएको छ।
कलैया मा आयोजित यस प्रतियोगिता श्रीकृष्ण प्रणामी बाईजुराज महिला समिति बारा–पर्साको संयुक्त आयोजनामा भएको हो। कार्यक्रमको उद्घाटन मेहर सागर आश्रमका संरक्षक तथा साहित्याचार्य शास्त्री
जनार्दन घिमिरे ले दीप प्रज्वलन गर्दै गर्नुभएको थियो।
प्रतियोगितामा विभिन्न ६ वटा मन्दिरका बाईजुराज महिला समितिहरूले सक्रिय सहभागिता जनाएका थिए। प्रतिस्पर्धामा श्रीकृष्ण प्रणामी मन्दिर सडक टोल बाईजुराज इकाई समिति प्रथम स्थान हासिल गर्न सफल भयो भने श्रीकृष्ण प्रणामी मन्दिर मधुबन नयाँबस्ती बाईजुराज इकाई समिति दोस्रो र श्रीकृष्ण प्रणामी मन्दिर आनन्दभूमि निजगढ बाईजुराज इकाई समिति तेस्रो स्थानमा रहे।
उद्घाटन समारोहमा युवा धर्म प्रचारक एवं पण्डित संजय प्रणामी, श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल का केन्द्रीय उपाध्यक्ष रामज्ञाप्रसाद साह, केन्द्रीय सदस्य सावित्री तिमल्सिना, पण्डित प्रमोद पौडेल तथा श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल का केन्द्रीय सदस्य सुमन सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रम मन्दिरा उप्रेती को अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष शान्ता पौडेल ले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव इन्द्रावती थापा ले गर्नुभएको थियो।
यस प्रकारका कार्यक्रमहरूले धार्मिक ज्ञानसँगै सामाजिक एकता र महिला सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।