जितपुर — बारा निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अरविन्द साहले सुरुवाती चरणमै अग्रता लिएका छन्।
कलैया केन्द्रित यस क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी राजकुमार दाहाल का अनुसार साहले हालसम्म ४,८०६ मत प्राप्त गरेका छन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार फरमुल्लाह मंसुर ८०३ मतसहित पछ्याइरहेका छन्। त्यस्तै जनता समाजवादी पार्टी नेपालका उम्मेदवार रामबाबु कुमार यादवले ६५८ मत प्राप्त गरेका छन्।
हालसम्मको मतपरिणामले अरविन्द साहको स्पष्ट अग्रता देखाए पनि मतगणना जारी रहेकाले अन्तिम नतिजाका लागि भने अझै केही समय कुर्नुपर्ने अवस्था रहेको छ।