Type Here to Get Search Results !

बारामा एसईई परीक्षा सुरु: पहिलो दिन १,७६४ जना परीक्षार्थी अनुपस्थित

कलैया: बारामा आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयमा कुल १,७६४ जना परीक्षार्थी अनुपस्थित भएका छन् भने ९,०५० जना परीक्षार्थी उपस्थित भएका छन्।

बारामा एसईई परीक्षा सुरु: पहिलो दिन १,७६४ जना परीक्षार्थी अनुपस्थित

शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित्त इकाई प्रमुख अशोक कुमार रौनियारका अनुसार अनुपस्थित परीक्षार्थीमा साधारण तर्फ नियमितमा ९५, साधारण तर्फ ग्रेडवृद्धिमा १,६१३, प्राविधिक तर्फ नियमितमा ४ र प्राविधिक तर्फ ग्रेडवृद्धिमा ५२ जना रहेका छन्।

उपस्थित परीक्षार्थीमा साधारण तर्फ नियमितमा ८,२८२, साधारण तर्फ ग्रेडवृद्धिमा ३८६, प्राविधिक तर्फ नियमितमा ३७१ र प्राविधिक तर्फ ग्रेडवृद्धिमा ११ जना परीक्षार्थी रहेका छन्।

यस वर्ष बाराका १०२ सामुदायिक विद्यालय५३ संस्थागत विद्यालयका विद्यार्थी परीक्षा दिन सहभागी छन्। बारा जिल्लामा कुल १०,८१३ परीक्षार्थी रहेका छन्। परीक्षा सञ्चालनका लागि ३० वटा परीक्षा केन्द्र तोकिएका छन्।

इकाई प्रमुख रौनियारले जानकारी दिए अनुसार चैत २० गते शुक्रबार (भोलि) अनिवार्य नेपाली विषयको परीक्षा हुने तयारी पूरा भइसकेको छ।

एसईई परीक्षाले विद्यार्थीहरूको शैक्षिक क्षमता मूल्यांकन गर्ने महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने हुँदा परीक्षा केन्द्रमा सबै तयारी समयमै पूरा गर्न विद्यालय र प्रशासनले विशेष ध्यान दिएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.