Type Here to Get Search Results !

सरकारले शनिबार–आइतबार सार्वजनिक बिदा घोषणा

काठमाडौँ: सरकारले आगामी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले यो निर्णय गरी सरकारी कार्यालय र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुने व्यवस्था तय गरेको छ।

सरकारले शनिबार–आइतबार सार्वजनिक बिदा घोषणा

बैठकले ‘डिजिटल नेपाल ट्रान्सफर्मेसन’ परियोजनाका लागि एसियाली विकास बैंक (ADB) र विश्व बैंकबाट कुल नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैंकबाट नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकृत गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो।

बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग तथा अन्तर्गतका निकायको सङ्गठन र व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्ने स्वीकृति पनि दिएको छ।

यसैगरी, राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरिएको छ। बैठकले डिजेल र पेट्रोलबाट चल्ने सवारीसाधनलाई विद्युतीय वाहनमा रूपान्तरण गर्न कदम चाल्ने निर्णय पनि गरेको छ।

अन्ततः, आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.