Type Here to Get Search Results !

निर्वाचन आयोग भोलिदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम पुनः सुरु गर्दै

 काठमाडौँ: निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम भोलि आइतबारदेखि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगको यही चैत १८ गतेको बैठकले यस कार्यक्रम पुनः थाल्ने निर्णय गरेको आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोग भोलिदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम पुनः सुरु गर्दै
राष्ट्रिय परिचयपत्र (रास्ट्रिय ID) भएका नेपालीहरूले आफ्नो परिचयपत्रमा रहेका विवरण अनलाइन प्रविष्ट गरेर सिधै नाम दर्ता गर्न सक्नेछन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जसले राष्ट्रिय परिचयपत्र नबनाएका छन्, उनीहरूले आयोगको ‘प्रि–इन्रोलमेन्ट’ प्रणाली प्रयोग गरी अनलाइन फाराम भर्नुपर्नेछ। यसमा फोटो, औँठाछापसहित जैविक विवरणसमेत प्रविष्ट गर्न आवश्यक हुनेछ।

नाम दर्ता गर्ने प्रक्रिया प्रदेश र जिल्ला निर्वाचन कार्यालयमार्फत पनि उपलब्ध हुनेछ। आयोगले मतदाता दर्ताका लागि सबै नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.