Type Here to Get Search Results !

बाराको महागढीमाईमा ५ हजार लिटर घरेलु मदिरा नष्ट


बारा । बाराको महागढीमाई नगरपालिकामा अवैध रूपमा सञ्चालन गरिएका घरेलु मदिरा भट्टी नष्ट गर्नुका साथै करिब ५ हजार लिटर तयारी घरेलु मदिरा नष्ट गरिएको छ।
बाराको महागढीमाईमा ५ हजार लिटर घरेलु मदिरा नष्ट


प्रहरीले प्राप्त सूचनाका आधारमा २०८३ साल मंसिर १८ गते बिहान करिब १० बजे महागढीमाई नगरपालिका–३ र वडा नं. १० का विभिन्न स्थानमा सञ्चालन भइरहेका अवैध घरेलु मदिरा भट्टीमा छापा मारेको हो।

प्रहरी चौकी गञ्जभवानीपुर, बाराबाट प्रहरी नायब निरीक्षक (प्रनानि) बहादुर प्रसाद यादवको कमाण्डमा खटिएको चार जनाको टोलीले विभिन्न स्थानमा अवैध रूपमा सञ्चालन गरिएका घरेलु मदिरा भट्टी नष्ट गरेको थियो।

सो क्रममा करिब ५ हजार लिटर तयारी घरेलु मदिरासमेत नष्ट गरिएको प्रहरीले जनाएको छ।

कारबाही सम्पन्न गरी प्रहरी टोली बिहान करिब १०ः५० बजे प्रहरी चौकी गञ्जभवानीपुर फर्किएको थियो।

अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री वितरण नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले यस्तो अभियान सञ्चालन गरेको हो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.