Type Here to Get Search Results !

डुमरवानामा खेतको कुलोमा भेटियो युवकको शव, मृत्युको कारण रहस्यमय

 सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानास्थित पुरानो बस्तीमा शनिबार बिहान एक युवकको शव फेला परेको छ। खेतको कुलोमा स्थानीय ३० वर्षीय वीरेन्द्र माझी मृत अवस्थामा भेटिएका हुन्।

स्थानीयका अनुसार ट्याक्टर चालक रहेका माझी शुक्रबार साँझ घरबाट निस्किएका थिए। शनिबार बिहान खेतको कुलोमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। शव फेला परेको स्थानमा साइकल र झोलासमेत भेटिएको छ।

डुमरवानामा खेतको कुलोमा भेटियो युवकको शव, मृत्युको कारण रहस्यमय

सूचना पाएलगत्तै प्रहरी चौकी डुमरवाना र इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थललाई सुरक्षा घेरामा राखेर अनुसन्धान सुरु गरेको छ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन्। प्रहरी निरीक्षक दिवस कुँवरको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ। माझीको मृत्युको कारण र घटनाको वास्तविकता खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.