बारा । बढ्दो चिसो मौसमलाई मध्यनजर गर्दै
बारागढी गाउँपालिकाले वडा नं. ४ स्थित पोखरिया टोलका दलित समुदायका ३२ परिवारलाई
न्यानो ब्याङ्केट वितरण गरेको छ। जाडोका कारण स्वास्थ्य तथा दैनिकीमा असर पर्न
सक्ने विपन्न समुदायलाई राहत पुर्याउने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो।
कार्यक्रममा बारागढी
गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष पन्नालाल साहको विशेष उपस्थिति रहेको थियो।
साथै स्थानीय भद्रभलाद्मी, समाजसेवी तथा
सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले गाउँपालिकाले समयमै राहत
सामग्री वितरण गरेर मानवीय संवेदनशीलता देखाएको भन्दै प्रशंसा गरेका थिए।
स्थानीय
बासिन्दाहरूले चिसो मौसममा न्यानो कपडाको अभाव झेल्दै आएका दलित तथा विपन्न
परिवारका लागि यो सहयोग निकै उपयोगी भएको प्रतिक्रिया दिएका छन्। गाउँपालिकाले
आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत आवश्यक परेका समुदायलाई सहयोग पुर्याउने
अपेक्षा गरिएको छ
