Type Here to Get Search Results !

पढाइसँगै खेलमा चम्किँदै विद्यार्थीहरू

 कलैया — किताबमा मात्र सीमित नभई खेलकुदमा पनि अगाडि बढ्नुपर्ने सन्देशसहित बाल एकता सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुलमा तीनदिने स्पोर्ट्स फेस्ट भव्य रूपमा सम्पन्न भएको छ।

पढाइसँगै खेलमा चम्किँदै विद्यार्थीहरू

कार्यक्रमको समापन अवसरमा प्रमुख अतिथि, कलैया उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजीवकुमार यादवले विद्यार्थीहरूलाई पढाइसँगै खेलकुदमा पनि सक्रिय हुन प्रेरित गरे। “जीवनमा सकारात्मक बाटो रोज्दै हरेक क्षेत्रमा अघि बढ्नुपर्छ,” उनले भने। उनले विद्यालयलाई आगामी दिनमा देशकै उत्कृष्ट १० विद्यालयभित्र पर्न शुभकामना पनि दिए।

क्रिकेट प्रतियोगितामा बाल एकता एभेन्जर्स विजेता बने भने बाल एकता रोयल्स रनरअप र बाल एकता सुपर किङ्ग्स दोस्रो रनरअप बने। कबड्डीमा द हन्टर प्रथम, द रोयल च्यालेन्जर्स द्वितीय र टिम वारियर्स तृतीय भए।

चित्रकलातर्फ सुशान्त रजकले पहिलो स्थान हासिल गर्दा आर्यन गुप्ता दोस्रो र आल्या साह तेस्रो भए। चेसमा अन्स जयसवाल प्रथम र आलोक शर्मा द्वितीय बने।

गर्ल्स क्रिकेटमा बाल एकता क्वीन्स विजेता बने भने ब्याडमिन्टनमा अमित गुप्ता (बोइज) र सुहानी यादव (गर्ल्स) चम्किए। गायनमा विकास यादव, अभय गुप्ता र कुन्जन यादव क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने नृत्यमा पिन्की कुमारी राम, अन्तिमा साह र जोवोन जयसवाल उत्कृष्ट ठहरिए।

बास्केटबलतर्फ बोइजमा बाल एकता बल्स विजेता, बाल एकता हुपर्स रनरअप र बाल एकता लकर्स दोस्रो रनरअप बने। गर्ल्समा टिम युजी विजेता र टिम जेओन रनरअप भए।

विजेता तथा उपविजेताहरूलाई मेडल, प्रमाणपत्र र सिल्ड प्रदान गरिएको विद्यालयले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक, प्रशिक्षक, अभिभावक र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.