Type Here to Get Search Results !

बारामा १२ किलोभन्दा बढी गाँजासहित दुई पक्राउ, प्रहरीको अनुसन्धान जारी

कलैया, बारा : बारामा प्रहरीले नियमित गस्तीका क्रममा ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मंगलबार निजगढ नगरपालिका–११ रतनपुर क्षेत्रमा गस्ती गर्ने क्रममा १२ किलो २३० ग्राम गाँजासहित दुई जनालाई नियन्त्रणमा लिइएको हो।

बारामा १२ किलोभन्दा बढी गाँजासहित

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वा सिरहाका ३५ वर्षीय फिरोज देवान र गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम रहेका छन्।

प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राख्दै गस्ती र निगरानी बढाएको जनाएको छ। यस प्रकारका गतिविधि नियन्त्रणका लागि सुरक्षा निकाय अझ सक्रिय रहेको प्रहरीले बताएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.