Type Here to Get Search Results !

अफवाहका बीच बजार नबिगार्न आग्रह: जीतपुरसिमरा उद्योग वाणिज्य संघको चेतावनी

बारा : पछिल्लो समय विश्वमा देखिएको युद्धको अवस्थाका कारण बजारमा वस्तुको आपूर्ति र मूल्यबारे विभिन्न अफवाह फैलिन थालेपछि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यवसायीहरूलाई सतर्क रहन आग्रह गरेको छ।

जीतपुरसिमरा उद्योग वाणिज्य संघको चेतावनी

संघका महासचिव प्रकाश गिरीले बिहीबार एक सूचना जारी गर्दै ग्यास, तेल लगायतका अत्यावश्यक वस्तुमा मनपरी मूल्यवृद्धि नगर्न व्यवसायी तथा पसलधनीहरूलाई सचेत गराउनुभएको हो। उहाँले उपभोक्ताको अवस्था बुझ्दै जिम्मेवार व्यापार गर्न आग्रह गर्नुभएको छ।

संघका अनुसार सरकारले तोकेको मूल्यभन्दा बढी मूल्य लिनु, कृत्रिम अभाव सिर्जना गर्नु वा अनावश्यक रूपमा मूल्य बढाउनु कानुनविपरीत कार्य हो। यस्ता गतिविधिमा संलग्न पाइएमा सम्बन्धित व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट चेतावनी समेत दिइएको छ।

सूचनामा सबै व्यवसायीलाई नियमित मूल्यसूचीअनुसार मात्रै वस्तु बिक्री–वितरण गर्न र उपभोक्तालाई सहज तथा निष्पक्ष सेवा प्रदान गर्न अनुरोध गरिएको छ। “बजारमा अनुशासन कायम राख्न र उपभोक्ताको हित जोगाउन सबैको सहकार्य आवश्यक छ,” सूचनामा उल्लेख गरिएको छ।

संघले वर्तमान परिस्थितिमा अफवाहका आधारमा बजारमा अस्थिरता ल्याउने प्रयास नगर्न र जिम्मेवार व्यवहार प्रदर्शन गर्न सबै व्यवसायीलाई पुनः आग्रह गरेको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.