Type Here to Get Search Results !

बारामा झण्डै २० हजार मत बदर, निर्वाचनमा सहभागिता उच्च भए पनि चिन्ताजनक संकेत

कलैया, बारा । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारामा झण्डै २० हजार मत बदर भएको तथ्य सार्वजनिक भएको छ। जिल्ला निर्वाचन कार्यालय बाराका अनुसार जिल्लाभर कुल १९ हजार ७९५ मत बदर भएका छन्, जसले निर्वाचन प्रक्रियामा मतदाताको सचेतनाबारे प्रश्न उठाएको छ।

रामा झण्डै २० हजार मत बदर,

जिल्ला निर्वाचन अधिकारी नवीन चौधरीका अनुसार चारवटै निर्वाचन क्षेत्रमा उल्लेख्य सङ्ख्यामा मत बदर भएको देखिएको हो। क्षेत्रगत रूपमा हेर्दा बारा–१ मा ५ हजार २९६ मत बदर भएको छ। सो क्षेत्रमा कुल १ लाख २३ हजार ९८५ मतदाता रहेकामा ८० हजार ५८१ मत खसेको थियो, जसमा ७५ हजार २८५ मत मात्रै सदर भएको थियो।

त्यस्तै बारा–२ मा ३ हजार ७६३ मत बदर भएको छ। यस क्षेत्रमा १ लाख १३ हजार ८३९ मतदाता मध्ये ७६ हजार ५२४ मत खसेको थियो, जसमा ७२ हजार ७६१ मत सदर भएको थियो।

निर्वाचन क्षेत्र नम्बर ३ मा ४ हजार ६९५ मत बदर भएको छ। यहाँ १ लाख १३ हजार ५२१ मतदाता रहेकामा ७५ हजार ९०० मत खसेको थियो, जसमा ७१ हजार २०५ मत सदर भएको छ।

सबैभन्दा बढी मत बदर भने बारा–४ मा देखिएको छ, जहाँ ६ हजार ४१ मत बदर भएको छ। सो क्षेत्रमा १ लाख १४ हजार ४३९ मतदाता मध्ये ८० हजार ६७८ मत खसेको थियो, जसमा ७४ हजार ६३७ मत मात्रै सदर भएको थियो।

चारवटै निर्वाचन क्षेत्रको समग्र तथ्यांकले मतदाताको सहभागिता उत्साहजनक देखिए पनि ठूलो सङ्ख्यामा मत बदर हुनु चिन्ताजनक विषय बनेको छ। निर्वाचन कार्यालयले मतदातालाई सही तरिकाले मतदान गर्नेबारे थप सचेतना आवश्यक रहेको जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.