Type Here to Get Search Results !

पर्सामा अवैध साल काठसहित ट्याक्टर नियन्त्रणमा, एक जना पक्राउ

सिमरा — पर्सामा अवैध रूपमा ओसारपसार हुँदै गरेको सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिइएको छ। आइतबार बिहान वीरगन्ज महानगरपालिका–३१ मिलन चोक क्षेत्रमा गरिएको संयुक्त गस्तीका क्रममा उक्त काठ बरामद गरिएको हो।
पर्सामा अवैध साल काठसहित ट्याक्टर नियन्त्रणमा, एक जना पक्राउ

सबैया सब–डिभिजन वन कार्यालय र स्थानीय साझेदारी वन उपभोक्ता समूहको टोलीसहित प्रहरीको संयुक्त कारबाहीमा प्रदेश २–०३–००१ त १५७५ नम्बरको ट्याक्टरमा लुकाएर ल्याइँदै गरेको सालको काठ फेला परेको थियो। त्यसपछि ट्याक्टरसहित काठ नियन्त्रणमा लिइएको हो।

घटनामा संलग्न वीरगन्ज–२९ मुसौली निवासी कृष्ण प्रसाद साहलाई पनि पक्राउ गरिएको छ। बरामद गरिएको करिब २४ फिट सालको काठ र ट्याक्टरको मूल्य झण्डै १५ लाख रुपैयाँ आँकलन गरिएको छ।

रेन्जर भुपाल रोकायका अनुसार पक्राउ परेका व्यक्ति र बरामद सामग्रीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय पर्सामा पठाइएको छ।

वन कार्यालयले अवैध काठ तस्करी नियन्त्रण गर्न गस्ती तथा निगरानी अझ कडा बनाइने जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.