Type Here to Get Search Results !

सिमरा जेसीजद्वारा नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविर, ६० जनाले सेवा लिए

सिमरा : सिमरा जेसीजको आयोजनामा शनिबार नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ। सिमरा मलस्थित ओम शान्ती दाँत तथा आँखा अस्पताल परिसरमा सञ्चालन गरिएको शिविरबाट ६० जनाले सेवा लिएका छन्।
सिमरा जेसीजद्वारा नि:शुल्क आँखा तथा दन्त परीक्षण शिविर, ६० जनाले सेवा लिए

शिविरमा दन्त चिकित्सक हितेश कर्ण, पुष्पा कुशवाहा, नेत्र चिकित्सक बिनय चौधरी तथा डेन्टल हाइजिनिस्ट (डीएच) एवं अस्पतालका सञ्चालक ध्रुवकुमार सहनीले परीक्षण र परामर्श सेवा प्रदान गरेका थिए। कार्यक्रमलाई ओम शान्ती दाँत तथा आँखा अस्पताल प्रालिले प्राविधिक सहयोग गरेको थियो।

यसअघि सिमरा जेसीजका अध्यक्ष सुमित अधिकारीको अध्यक्षतामा शिविरको उद्घाटन गरिएको थियो। कार्यक्रममा शिविर संयोजक सुयोग अधिकारी, पूर्वअध्यक्ष शालिकराम अधिकारी, लक्की रिमाल, महासचिव सन्जिव सुवेदी, कोषाध्यक्ष रेवती देवकोटालगायतको उपस्थिति रहेको थियो।

सिमरा जेसीजले विगतदेखि नै सामाजिक तथा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। यसअघि संस्थाले चैत १२ गते छात्रा लक्षित मर्यादित महिनावारी सचेतना कार्यक्रम तथा चैत २९ गते करियर काउन्सिलिङ र प्रेरणादायी तालिमसमेत आयोजना गरेको जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.