Type Here to Get Search Results !

जीतपुरसिमराको कडा कदम: वैशाख २ भित्र सार्वजनिक जग्गा खाली गर्न अल्टिमेटम

बारा, जीतपुरसिमरा: बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ अन्तर्गत पर्ने सार्वजनिक तथा गोचर जग्गामा बनेका अवैध संरचना हटाउन कडा सूचना जारी गरेको छ।
जीतपुरसिमराको कडा कदम: वैशाख २ भित्र सार्वजनिक जग्गा खाली गर्न अल्टिमेटम


उपमहानगरपालिकाको कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनाअनुसार पथलैया–वीरगञ्ज ६ लेन सडकको पूर्व–पश्चिम क्षेत्र, साविक जीतपुर भवानीपुर गाविस वडा नं. ३ अन्तर्गत विभिन्न कित्तामा रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना अब हटाइने भएका छन्।

नगरपालिकाले सम्बन्धित व्यक्ति तथा पक्षलाई आगामी २०८३ बैशाख २ गतेभित्र स्वेच्छाले संरचना हटाउन आग्रह गरेको छ। तोकिएको समयसीमा भित्र अटेर गरेमा बैशाख ३ गते बिहान ७ बजेपछि उपमहानगरपालिका स्वयंले डोजर प्रयोग गरी संरचना हटाउने चेतावनी दिइएको छ।

यस क्रममा लाग्ने सम्पूर्ण खर्च स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४५ (४) अनुसार सम्बन्धित व्यक्तिबाट असुल गरिने पनि स्पष्ट पारिएको छ। उक्त सूचना प्रशासनिक अधिकृत रामेश्वर बनजाराद्वारा हस्ताक्षरित रहेको छ।

उपमहानगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन र सडक क्षेत्रलाई व्यवस्थित बनाउन यस्तो अभियान सुरु गरिएको जनाएको छ। स्थानीयवासीले पनि यस निर्णयले सार्वजनिक जग्गा जोगिने र क्षेत्र थप व्यवस्थित बन्ने अपेक्षा गरेका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.