Type Here to Get Search Results !

अमलेखगञ्जमा अफिमसहित दुई पक्राउ, विशेष सुराकीपछि प्रहरीको सफलता

बारा, अमलेखगञ्ज: बाराको अमलेखगञ्ज क्षेत्रमा लागूऔषध अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अमलेखगञ्जमा अफिमसहित दुई पक्राउ, विशेष सुराकीपछि प्रहरीको सफलता

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित कल्पवृक्ष होटल अगाडि, हेटौंडा–अमलेखगञ्ज सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–२ का ५५ वर्षीय खड्ग बहादुर मोक्तान र सोही स्थानका ४९ वर्षीय लाल बहादुर स्याङतान रहेका छन्। प्रहरीका अनुसार उनीहरूको शरीर तलासी गर्दा स्याङतानले बोकेको ‘क्याट’ लेखिएको कालो झोलाभित्र कालो प्लास्टिकले बेरिएको अवस्थामा अफिमजस्तो पदार्थ फेला परेको थियो।

बरामद गरिएको पदार्थसहित दुवै जनालाई तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई हाल कानुनी प्रक्रिया अनुसार हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको छ।

प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी बढाएको जनाउँदै यस्ता गतिविधिविरुद्ध अभियानलाई अझ सशक्त बनाउने बताएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.