Type Here to Get Search Results !

काठमाडौँबाट इलाम जाँदै गरेको बस निजगढमा दुर्घटना, १३ जना घाइते

सिमरा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको जीतपुर–सिमरा उपमहानगरपालिका–१६ सोह्रकिलो क्षेत्रमा आइतबार मध्यराति यात्रुबाहक बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। रातको यात्रामा निस्किएका यात्रुहरूका लागि यो घटना त्रासदीपूर्ण बने पनि सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
काठमाडौँबाट इलाम जाँदै गरेको बस निजगढमा दुर्घटना, १३ जना घाइते

इलाका प्रहरी कार्यालय निजगढका अनुसार काठमाडौँबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४९७ नम्बरको बस राति करिब १२ बजे अचानक अनियन्त्रित भई सडकबाट तल पल्टिएको थियो।

दुर्घटनाको खबर पाउनासाथ प्रहरी निरीक्षक जीवन लामिछानेको नेतृत्वमा १० जनाको टोली तत्काल घटनास्थल पुगेको थियो। प्रहरीले स्थानीयको सहयोगमा घाइतेहरूको शीघ्र उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ।

घटनामा संलग्न बस चालक झापा, बुद्धशान्ति गाउँपालिका–४ निवासी करिब ५४ वर्षीय रोशन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बस अहिले पनि घटनास्थलमै रहेको छ भने दुर्घटनाका कारण राजमार्गमा यातायात अवरोध भने नभएको जनाइएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.