Type Here to Get Search Results !

सिम्रौनगढमा छाडा कुकुरको आक्रमण, ८ वटा खसी–बाख्रा मरे

सिम्रौनगढ : बाराको सिम्रौनगढमा छाडा कुकुरको आक्रमणबाट आठ वटा खसी–बाख्रा मरेपछि स्थानीयवासी त्रसित बनेका छन्। सिम्रौनगढ नगरपालिका–६ सानो ईटवालका नाजिर हुसैन “भोटू” को खोरमा गएराति कुकुर पसेर बाख्रा मारेको हो।
सिम्रौनगढमा छाडा कुकुरको आक्रमण, ८ वटा खसी–बाख्रा मरे

पीडितका अनुसार करिब २५–३० केजी तौलका दुई वटा खसी, दुई वटा बाख्रा र चार वटा पाठापाठी मर्दा करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ। खोर नै तोडेर कुकुरले आक्रमण गरेको उनले बताए।

पछिल्लो समय छाडा कुकुरको संख्या बढ्दै जाँदा स्थानीयवासीमा डर बढेको छ। यस्ता घटनाले पशुधन मात्र नभई मानिस, विशेषगरी बालबालिकाको सुरक्षामाथि पनि जोखिम बढाएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन्।

स्थानीयवासीले सम्बन्धित निकायलाई छाडा कुकुर व्यवस्थापनका लागि तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्। बालबालिकालाई विशेष सतर्कताका साथ सुरक्षित राख्न समेत अनुरोध गरिएको छ।

यसअघि पनि सिम्रौनगढका विभिन्न स्थानमा यस्तै प्रकृतिका घटना दोहोरिँदै आएका छन्। पटक–पटक पशुहानि भएपछि स्थानीयले दीर्घकालीन समाधानको माग गर्दै छाडा कुकुर नियन्त्रण र व्यवस्थापनमा ठोस पहल आवश्यक रहेको बताएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.