Type Here to Get Search Results !

जीतपुरसिमरा उद्योग वाणिज्य संघको निर्देशन व्यापारमा पारदर्शिता र उपभोक्ता अधिकार सुनिश्चित गर्न आग्रह

बारा : जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले व्यवसाय सञ्चालनलाई व्यवस्थित, पारदर्शी र उपभोक्ता मैत्री बनाउन व्यवसायीहरूलाई अनिवार्य रूपमा विभिन्न निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।
जीतपुरसिमरा उद्योग वाणिज्य

संघका महासचिव प्रकाश गिरीद्वारा हस्ताक्षरित सूचनामा सबै व्यवसायीले आफ्नो पसल तथा उद्योग सञ्चालन गर्दा वस्तुमा अधिकतम खुद्रा मूल्य (MRP) स्पष्ट रूपमा देखिने गरी अंकित गर्नुपर्ने र सो मूल्यभन्दा बढी रकम लिन नपाइने व्यवस्था कडाइका साथ पालना गर्न भनिएको छ।

त्यस्तै, प्रत्येक बिक्रीमा ग्राहकलाई अनिवार्य रूपमा बिल उपलब्ध गराउनुपर्ने, पसलको नाम तथा साइनबोर्ड स्पष्ट रूपमा देखिने स्थानमा राख्नुपर्ने, प्यान वा भ्याट नम्बर सार्वजनिक रूपमा प्रदर्शन गर्नुपर्ने र आपूर्तिकर्ताबाट खरिद गर्दा अनिवार्य रूपमा बिल लिने व्यवस्था पालना गर्नुपर्ने निर्देशन दिइएको छ।

सूचनामा व्यवसायसँग सम्बन्धित सम्पूर्ण अभिलेख (रेकर्ड) नियमित रूपमा राख्न र कारोबारलाई प्रचलित कानुनअनुसार पारदर्शी ढंगले सञ्चालन गर्न पनि विशेष जोड दिइएको छ।

संघले यी निर्देशनहरूको उल्लंघन भएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुने चेतावनीसमेत दिएको छ। साथै, सबै व्यवसायीलाई जिम्मेवार भएर नियमहरूको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

व्यवसायिक क्षेत्रलाई अनुशासित र उपभोक्ता हितमैत्री बनाउन यस्तो पहल महत्वपूर्ण भएको सरोकारवालाहरूले बताएका छन्।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.