Type Here to Get Search Results !

निजगढ फूटबल क्लब फाइनलमा, सन्तबहादुरको दुई गोलमा मकवानपुर पराजित

सिमरा : पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगितामा निजगढ फूटबल क्लब फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एन्फा मकवानपुरलाई २–१ ले पराजित गर्दै निजगढले उपाधि नजिक पुगेको हो।
निजगढ फूटबल क्लब फाइनलमा, सन्तबहादुरको दुई गोलमा मकवानपुर पराजित



खेलको सुरुवातमै मकवानपुरले अग्रता लिएको थियो। १४औं मिनेटमा अभिषेक कुमारले गोल गर्दै आफ्नो टोलीलाई अगाडि बढाए। तर त्यो अग्रता लामो समय टिक्न सकेन।

निजगढका सन्तबहादुर गुरुङले ३९औं मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। दोस्रो हाफमा पनि उनले उत्कृष्ट प्रदर्शन जारी राख्दै ६५औं मिनेटमा निर्णायक गोल गरे, जसले निजगढलाई २–१ को जित दिलायो।

खेलका नायक सन्तबहादुर ‘प्लेयर अफ दि म्याच’ घोषित भए। उनलाई जतन राउत कुर्मीले २ हजार १ सय रुपैयाँसहित पुरस्कृत गरेका थिए।

यस जितसँगै निजगढले अब उपाधिका लागि शनिबार आयोजक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ र उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

फाइनलअघि शुक्रबार वीरगन्ज युथ क्लब र निजगढ फूटबल क्लबबीच मैत्रीपूर्ण खेलसमेत आयोजना गरिने आयोजकले जनाएको छ।
Tags

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.