Type Here to Get Search Results !

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

कलैया :  बैंकिङ कसूर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको साविक सबैठवा गा.वि.स. वडा नं. ९ हाल वीरगञ्ज महानगरपालिका वडा नं. ५ बस्ने ४७ वर्षीय राजेशकुमार गुप्ता रहेका छन्।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी वीरगञ्जबाट पक्राउ

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा फैसला कार्यान्वयन टोलीले उनलाई वीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको हो।

गुप्तामाथि अदालतले १२ दिन कैद र ११ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। तर उनी लामो समयदेखि फरार रहेका थिए।

प्रहरीले नियन्त्रणमा लिएपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै पर्सा जिल्ला अदालतमा बुझाइएको जनाएको छ। प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीहरू खोजी अभियानलाई तीव्र बनाइएको समेत जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.