Type Here to Get Search Results !

अपाङ्गता अधिकार र सशक्तिकरणमा जोड नेपाल अपाङ्ग सेवा संघ बारा शाखाको ८औँ अधिवेशन सम्पन्न


सिमरा : नेपाल अपाङ्ग सेवा संघ बारा शाखाको ८औँ अधिवेशन तथा २४औँ साधारणसभा सिमरामा भव्य रूपमा सम्पन्न भएको छ। संघको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले गर्नुभएको हो।


नेपाल अपाङ्ग सेवा संघ बारा शाखाको
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले पछिल्लो समय अपाङ्गता भएका व्यक्तिप्रति समाजको दृष्टिकोण सकारात्मक बन्दै गएको उल्लेख गर्नुभयो। उहाँले राज्यले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार, सम्मान, शिक्षा, स्वास्थ्य, रोजगारी तथा आत्मनिर्भरता सुनिश्चित गर्न विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो। साथै स्थानीय तहले पनि उनीहरूको सशक्तिकरणका लागि प्राथमिकताका साथ कार्यक्रम अघि बढाइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल अपाङ्ग सेवा संघ बाराका अध्यक्ष गंगा प्रसाद वाग्लेले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजको मूलधारमा ल्याउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो। उहाँले संघले विगतदेखि नै शिक्षा, सीप विकास, सामाजिक न्याय तथा अधिकार सुनिश्चितताका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउँदै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

साधारणसभाले आर्थिक तथा प्रगति प्रतिवेदन पारित गरेको छ। कार्यक्रममा जिल्लाभरिका सदस्य, समाजसेवी, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नेपाल अपाङ्ग सेवा संघ बारा शाखाको
यसैबीच, अधिवेशनबाट शोभा लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। समितिको उपाध्यक्षमा सुनिल यादव, सचिवमा रमेश बिडारी, सहसचिवमा चन्दा कुमारी साह र कोषाध्यक्षमा शंकर प्रसाद दाहाल चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा प्रमोद प्रसाद राय, गोदावरी कुमारी साह, उद्धव घिमिरे, रमेश लामिछाने लगायत चयन भएका छन्। नयाँ कार्यसमितिले अपाङ्गता भएका व्यक्तिहरूको हक, हित, संरक्षण तथा सशक्तिकरणका क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता जनाएको छ।

निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन जय प्रकाश रायको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। समितिमा सीताराम पराजुली, रञ्जन यादव, शुकदेव सिम्खडा र शुशीला गौतम सदस्य रहेका थिए।
नेपाल अपाङ्ग सेवा संघ बारा शाखाको

नयाँ कार्यसमितिको पदावधि तीन वर्षको रहनेछ। साथै कार्यसमिति बैठकले दुई जना सदस्य मनोनयन गर्न सक्ने प्रावधान पनि रहेको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.