Type Here to Get Search Results !

सिमरामा सहकारीद्वारा दिवंगत सदस्यको परिवारलाई ३ लाख बीमा रकम हस्तान्तरण


सिमरा : साना किसान कृषि सहकारी संस्था सिमराले निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई बिमा बापतको रकम हस्तान्तरण गरेको छ। सहकारीले मृतक परिवारलाई ३ लाख रुपैयाँ बराबरको म्यादि जीवन बीमा रकम उपलब्ध गराएको हो।
सिमरामा सहकारीद्वारा दिवंगत सदस्यको परिवारलाई ३ लाख बीमा रकम हस्तान्तरण



जितपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जस्थित अन्तरसमूह नं. ५, समूह नं. १३५ की शेयर सदस्य गोमा माया राईको दुःखद निधनपछि उहाँको परिवारलाई उक्त रकम हस्तान्तरण गरिएको सहकारी संस्थाकी अध्यक्ष कमला अधिकारीले जानकारी दिइन्।

एक कार्यक्रमका बीच प्रमुख अतिथि वडा नं. २१ का वडा अध्यक्ष सुबास श्रेष्ठले बीमा रकम हस्तान्तरण गरे। कार्यक्रममा बोल्दै उनले सहकारीमार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक सुरक्षामा यस्ता बीमा कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए। दुःखको घडीमा परिवारलाई केही राहत पुग्ने विश्वास उनले व्यक्त गरे।

सहकारीका पदाधिकारीहरूले दिवंगत गोमा माया राई संस्थाकी सक्रिय र जिम्मेवार सदस्य रहेको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा सहकारीका अध्यक्ष, सहजकर्ता कुलोत्तम पोख्रेल, व्यवस्थापक, कर्मचारी, अन्तरसमूहका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा परिवारजनहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.