Type Here to Get Search Results !

सीपले खोल्यो आत्मनिर्भरताको बाटो : जीतपुरसिमरामा गार्मेन्ट फेब्रिकेटर तालिम सम्पन्न

बारा: रोजगारीको खोजीमा भौतारिनुभन्दा आफ्नै सीपबाट आयआर्जन गर्न सकिने विश्वासका साथ जीतपुरसिमरा उपमहानगरपालिकाले सञ्चालन गरेको प्राविधिक सीप विकास (गार्मेन्ट फेब्रिकेटर) तालिम सम्पन्न भएको छ। गरिबी न्यूनीकरण र स्वरोजगार प्रवर्द्धनलाई लक्ष्य बनाउँदै सञ्चालन गरिएको तालिम सोमबार एक कार्यक्रमबीच औपचारिक रूपमा समापन गरिएको हो।
सीपले खोल्यो आत्मनिर्भरताको बाटो : जीतपुरसिमरामा गार्मेन्ट फेब्रिकेटर तालिम सम्पन्न


उपमहानगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत वडा नम्बर ९ मा जेठ २३ गतेदेखि सञ्चालन भएको तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई नगर उपप्रमुख भोलाप्रसाद अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए।

समापन समारोहलाई सम्बोधन गर्दै उपप्रमुख अधिकारीले सीपमूलक शिक्षाले व्यक्तिलाई आत्मनिर्भर बनाउने मात्र होइन, रोजगारी सिर्जना र आर्थिक सशक्तीकरणको आधारसमेत तयार गर्ने बताए। उनले तालिमबाट सिकेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आफ्नै व्यवसाय सुरु गर्न तथा उद्यमशीलताको बाटो रोज्न सहभागीहरूलाई प्रेरित गरे।

"सीप भनेको भविष्य निर्माण गर्ने सबैभन्दा ठूलो लगानी हो," उनले भने, "स्थानीय तहबाट सञ्चालन गरिएका यस्ता कार्यक्रमले बेरोजगारी घटाउन र नागरिकलाई आर्थिक रूपमा सक्षम बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।"
सीपले खोल्यो आत्मनिर्भरताको बाटो : जीतपुरसिमरामा गार्मेन्ट फेब्रिकेटर तालिम सम्पन्न


कार्यक्रममा वडा नम्बर ९ का वडाध्यक्ष मोतीलाल पासवान, कार्यपालिका सदस्य प्रभावती पासवान र सुकुमाया कुमारी, अनुगमन समिति सदस्य रिना बजगाईं, रोजगार संयोजक महमद नसिमुल गनी तथा दिपनारायण चौधरी, उषा बुढाथोकीसहित उपमहानगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

जीतपुरसिमरा उपमहानगरपालिकाले लघु उद्यम विकास कार्यक्रममार्फत स्थानीय नागरिकलाई विभिन्न व्यावसायिक तथा प्राविधिक सीप प्रदान गर्दै स्वरोजगार, उद्यमशीलता र आर्थिक आत्मनिर्भरतालाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.